केपी ओली दक्षिणपन्थी नै हुन् त ?

दक्षिणपन्थी को हो ? कस्ता हुन्छन् विशेषता ?

रातोपाटी

काठमाडाैं

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो समय ‘दक्षिणपन्थी नेता’ का रुपमा चित्रित गर्न थालिएको छ । उग्र वामपन्थी धारबाट शक्तिमा उदाएका ओलीले अहिले ‘दक्षिणपन्थी धार’को नेताका रुपमा काम गर्न थालेको आरोप कम्युनिस्ट कित्ताबाट मात्र होइन, काँग्रेसकै नेताले समेत लगाउन थालेका छन् ।

यहाँ काँग्रेस नेता डा. शेखर कोइरालाले ओलीबारे गरेको विश्लेषण स्मरणीय छ । डा. कोइरालाले अघिल्लो साता रातोपाटीसँगको अन्नतरवार्तामा नेपालका राजनीतिक शक्तिहरुको विश्लेषण गर्ने क्रममा ओलीलाई दक्षिणपन्थीहरुको नेता बताउँदै यसो भने–

​‘म अहिले के देखिराखेको छु भने अब देशमा तीनवटा फोर्स हुन्छन् । एउटा राइटिस्ट फोर्स (दक्षिणपन्थी शक्ति) जसको ओलीजीले नेतृत्व गर्नुहुन्छ । एउटा सेन्ट्रिस्ट फोर्स (मध्यमार्गी शक्ति) हुन्छ, जसको नेपाली काँग्रेसले नेतृत्व गर्छ ।  र, तेस्रो लेफ्ट फोर्स (वामपन्थी शक्ति) हुन्छ, जसको माधवजी–प्रचण्डजी, उपेन्द्र यादव, बाबुराम भट्टराईहरुको एउटा हुन्छ । यसरी जान्छ जस्तो लागिराखेको छ ।’

‘एक्स्ट्रिम लेफ्ट’ बाट नेपालको राजनीतिमा उदाएका माओवादी अध्यक्ष प्रचण्डले अहिले केपी ओलीभन्दा नेपाली काँग्रेस वामपन्थी देखिएको बताएका छन् । विहीबार विपक्षी गठबन्धनका तर्फबाट आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले केपी ओली वामपन्थी नरहेको आरोप लगाउँदै यसो भने–

​‘ओलीजीले मलाई फोन गर्नुभयो र सोध्नुभयो – तपाई शेरबहादुर देउवा, काँग्रेसलाई बोकेर हामीलाई सिध्याउन हिँड्नुभएको ? अनि वामपन्थीको सरकार सिध्याउने ? काँग्रेससँग मिलेर सरकार बनाउनेमै पुग्नुभयो होइन तपाई ?

प्रकाशित मिति: : 2021-06-25 21:24:00

प्रतिकृया दिनुहोस्