'खोप खरिदको विषय पसलमा बिस्कुट किनेजस्तो सजिलो छैन'

थाहा खबर

काठमाडौँ

कोरोना संक्रमणदर केहि घटे पनि जोखिम कायमै छ। समयमै खोप लगाएर सुरक्षित हुने आम नेपालीको चाहना छ। तर, सरकारले खोप ल्याउन सकिरहेको छैन।

जसका कारण नयाँ त परको कुरा पहिलो डोज लगाएर महिनौं देखि दोस्रो डोज कुरिरहेका ज्येष्ठ नागरिकले दोस्रो डोज कहिले पाउने भन्ने अन्यौल नै छ। नेपालमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको ६ महिना नाघिसक्यो। तर, अत्यन्त न्यून मात्रै खोप लगाइएको छ।

पछिल्लो समय खोप लगाउन पहल भइरहेको भनिएको थियो। तर, सरकार विस्तारलाई सर्वोच्च अदालतले संविधान विपरित भएको ठहर गरेपछि अहिले स्वास्थ्य मन्त्रालयले 'डेडिकेटेड' मन्त्री पाउन सकेको अवस्था छैन।

खोप ल्याउन के पहल हुँदै थियो? खासमा खोप ल्याउन नसक्नुको अड्चन के के रहेछन् ? यिनै विषयको सेरोफेरोमा हामीले १९ दिन पदमा रहेर हालै बाहिरिएका निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसँग कुराकानी गरेका छौं। 

१९ दिन मन्त्री हुँदा खोप आउने सुनिश्चित भयो भन्नुभएको छ। कसरी? कहाँबाट र कहिले आउने भयो खोप? 

खोप केहि दिनमा नै नेपाल आइपुग्छ। सबै प्रक्रिया तयार भइसकेका छन्। प्रक्रिया स्वीकृत भइसकेको अवस्था छ। खोप उत्पादन हुने मुलुक र उत्पादकसँग गर्नुपर्ने सबै तयारी जारी पनि छ। केहि दिनभित्र खोप आउने सुनिश्चित छ। 

प्रकाशित मिति: : 2021-06-25 16:54:00

प्रतिकृया दिनुहोस्