कर्मचारीलाई एक वर्षको तलब दिएर बन्द भयाे चीनकाे चर्चित पत्रिका 'एप्पल डेली'

बिएल संवाददाता

वासिङ्टन डीसी

विगत २६ वर्षदेखि हङकङबाट प्रकाशित भईरहेको दैनिक पत्रिका 'एप्पल डेली'लाई सरकारले बन्द गरेपछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले संसारभरीका मिडियाहरुको लागि दुखद दिन भएको बताएका छन्।

'ह्वाइट हाउस'को तर्फबाट बिहिबार जारी विज्ञप्तिमा स्वतन्त्र आवाजलाई बन्द गर्ने बेइजिङ नीति निन्दनीय भएको उल्लेख छ।

बिहिबार अन्तिम पटक प्रकाशन भएको यो पत्रिकाको दश लाख प्रति करिब दुई घण्टामै बिक्रि भएको थियो। पत्रिकाको कार्यालयमा अहिले ताल्चा लागेको छ।

पत्रकार र कर्मचारीहरुलाई एक वर्षको तलब दिएर बिदा दिइएकाे छ। पत्रिकाका प्रकाशक जिमीलाई विगत तीन महिनादेखि जेलमा राखिएको छ भने प्रमुख संवाददाता र प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरिएको छ।

यो पत्रिका चीन सरकारको प्रमुख आलोचक मानिन्छ। यसको साथै चीन सरकारले अरु सञ्चारमाध्यमहरुलाई पनि कानूनको परिधि भित्र रहेर काम गर्न चेतावनी दिएको छ।

प्रकाशित मिति: : 2021-06-25 09:28:00

प्रतिकृया दिनुहोस्