कमल विक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।
सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेदका आधारमा आफ्नो घरमा कोठा नदिएपछि पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाएर सरकारी गाडीको दुरुपयोग गरी मन्त्री श्रेष्ठले विभेदलाई संरक्षण गर्न खोजेको भन्दै क्रियाशिल दलित पत्रकार संघले माइतीघरमा बिहीवार प्रदर्शन गरेकाे हाे।
उनीहरुले जातीय विभेद जस्तो विषयलाई राज्यले नै संरक्षण गर्न खोजेकाे आरोप समेत लगाएका छन्।

जातीय विभेद गरेर रिहा भएकी प्रधानलाई मन्त्रीले नै संरक्षण गर्नु समुदायमा सम्प्रदाय भड्काउनु भएको प्रदर्शनमा सहभागी नेपाल दलित संघका सचिव दिपक सोनीले बताएका छन्।
‘मन्त्रीले नै जातीय विभेदलाई संरक्षण गर्नु निक्कै गलत कुरा हो, समस्या समाधान गर्नुको साटो सरकारी पदको दुरुपयोग गरी विभेदलाई संरक्षण गर्ने मन्त्री कृष्णगोपाललाई तत्काल कारवाही गर्नुपर्छ।’ सचिव सोनीले भने।
त्यस्तै, संघले हस्ताक्षर अभियान चलाएर सरकारलाई यस विषयमा ध्यानकार्ष गराएकाे छ।
‘यो निकै गम्भिर विषय हो। यसले समाजलाई झन् भाड्न खोजेको छ। त्यसैले मन्त्रीलाई कारवाही गर्न सरकारलाई दवाव दिन्छौं।’ प्रदर्शनमा सहभागी गणेश विकले भने।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया