अस्मिताको हत्या र अनुसन्धानका अनिवार्य शर्तहरू

थाहा खबर

काठमाडौँ

लालबहादुर जाग्री

डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानी आधारभूत स्वाथ्य केन्द्रमा कार्यरत कर्मचारी अस्मीतादेवी धामी मृत भेटिइन्। असार ५ गते धामीको पनपा–९ को हट्वानी सामुदायिक वनमा उनको शव भेटियो।

उनी असार २ गते कार्यालयबाट जोगबुडा अस्पताल जान भनि हिँडेकी थिइन्। घटनाले आम जनमानसमा त्रास आतंक र भय सिर्जना गरेको छ।

मृतक जमरानीबाट पैदलै हट्वानीसम्म पुरेकी छन्। सो बाटो केही समय पहिले मुल बाटो थियो। उनी जमरानीबाट सडक बाटो हुँदै डेवरी पुगेपछि डेवरीमा पानी परेका कारण बाटो हिलो भएको र जोगबुडा अस्पताल पुग्न लामो पनि पर्ने हुँदा जिप नचलेको अवस्था विद्यमान देखिन्छ।

डेवरी–हट्वानी–कुयापानी–पुन्तुरा हुँदै लाल ढुङ्गा अस्पताल तिर लागेको अनुमान गर्न सकिन्छ । विश्वव्यापी महामारीबाट जनतालाई बचाउन कोभिड–१९ का विरुघ खोप लगाई बाँकी रहन गएको भ्याक्सिन सहितको सामग्री जोगवुडा अस्पताल पुर्याउनका लागी जाँदै गर्दा उनको हट्वानी सामुदायिक वन विभत्स हत्या भएको छ।

प्रकाशित मिति: : 2021-06-24 11:33:00

प्रतिकृया दिनुहोस्