ढल्केबरको 'ट्रमा सेण्टर बचाउ अभियान' राजनीतिक प्रतिसोध साँध्ने हतियार बन्नु हुँदैन

Breaknlinks
Breaknlinks

प्रदेश नं. २ को मुटुमा पर्छ, धनुषाको ढल्केबर।

यस प्रदेशको राजधानी जनकपुरको प्रमुख प्रवेशद्वार पनि हो। हाल मिथिला नगरपालिकामा नामाकंरण गरिएको ढल्केबर नमुना गाउँपालिका भनेर सरकारले सूचीकृत गरेको थियो।

ढल्केबरमा मधेशी र पहाडे समुदायको मिश्रित बसोबास छ। राजमार्गको दक्षिणी भेगमा मधेशी समुदायको बाहुल्यता छ भने उत्तरी बेल्टमा पहाडे समुदायको। यस ठाउँका बासिन्दाबीच कहिल्यै सदभाव खलबलिएन।

दुवै समुदायका परम्परागत संस्कृति सामूहिक रुपमै धूमधामका साथ मनाईन्छ। ढल्केबरका अधिकांश कृषिमा निर्भर छन्।तरकारी उत्पादनको लागि 'हब'को रुपमा ढल्केबर स्थापित थियो। टमाटर (गोलभेँडा) उत्पादनका लागि त ढल्केबर देशभर प्रख्यात थियो।

अहिलेपनि राजनीतिमा लागेका पछिल्लो पुस्तामा राजनीतिक चेतनाको अभाव देखिन्छ। विकासमा ढल्केबर पछि पर्नुको प्रमुख कारण पनि यही नै हो।

सिंचाइको समस्याले भने यहाँका किसान सधैँ प्रताडित बनिरहे। धेरै समय खानेपानी समस्याले ग्रसित ढल्केबरमा केही समययता भने खानेपानी शुलभ बनेको छ।

तर राजनीतिक रुपमा भने ढल्केबर कहिल्यै सचेत हुन सकेन। अर्थात् ढल्केबरले सैद्धान्तिक र वैचारिक स्पष्टता भएको राजनीतिक नेतृत्व उत्पादन गर्न सकेन। मधेशमा ब्यक्तिगत स्वार्थपूर्तीका लागि गरिने 'राजनीतिक ट्रेन'को शिकार ढल्केबर पनि बन्यो। अहिलेपनि राजनीतिमा लागेका पछिल्लो पुस्तामा राजनीतिक चेतनाको अभाव देखिन्छ। विकासमा ढल्केबर पछि पर्नुको प्रमुख कारण पनि यही नै हो।

राजनीतिक रुपमा हामी सचेत छैनौँ भन्ने उदाहरण भर्खरै सुरु ढल्केबरको 'ट्रमा सेन्टर बचाउ अभियान' र प्रदर्शनहरु काफी छन्। यो अभियानलाई नेतृत्व गरिरहेकाहरु अथवा अगुवाहरुमा कत्तिकाे राजनीतिक सुझबुझ छ भन्ने प्रष्ट्याउँछ। लाग्छ, उनीहरुमा अहिले कति तहको सरकार छ र ती सरकारहरुको क्षेत्राधिकारबारे जानकारी नै छैन।

'ट्रमा सेन्टर बचाउ अभियान' का नेतृत्वकर्ताहरुको गतिविधि हेर्दा लाग्छ मेयर हरिनारायण महतोसँग राजनीतिक प्रतिशोध साँध्नको लागि सुरुवात गरिएको हो। किनभने ट्रमा सेण्टर बनाउने बजेट संघीय सरकार (जसलाई केन्द्रीय सरकार पनि भनिन्छ) ले छुट्याएको हो।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मापदण्ड अनुरुप ट्रमा सेण्टरको भौतिक संरचना शहरी विकास तथा भवन निर्माण विभागले बनाउँछ। भवन निर्माण विभाग संघीय अर्थात केन्द्रीय सरकारको शहरी विकास मन्त्रालयअन्तर्गत पर्छ।

स्थानीय सरकारअन्तर्गतको नगरपालिकाले स्वास्थ्य मन्त्रालयको विज्ञ तथा भवन निर्माण विभागका प्राविधिक टोलीलाई ट्रमा सेण्टर निर्माणस्थलहरुको अवलोकन गराउँछ र त्यो टोलीले उपयुक्त ठहर्याएको निर्माणस्थल उपलब्ध गराईने भनि नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरी केन्द्र सरकारलाई सिफारिस गर्नुपर्छ।

तत्कालका कार्यभार यिनै हुन्। राजनीतिक प्रतिशोध मात्रै साँध्ने हतियार मात्रै कदापि बन्नु हुन्न ढल्केवर ट्रमा सेण्टर बचाउ अभियान। जुन ढल्केबरको विकासको लागि झनै घातक सिद्द हुनसक्छ।

उसोभए ढल्केबर ट्रमा सेण्टर बचाउ अभियानका अगुवाहरुको तत्कालको कार्यभार के त ? सबैभन्दा पहिला संघीय सरकार, त्यसमा पनि स्वास्थ्य मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने हो। त्यसपछि आफ्नो क्षेत्रको प्रतिनिधिसभा सदस्य रघुवीर महासेठ, प्रदेश सांसद शत्रुधन महतो र स्थानीय सरकार प्रमुखको हैसियतले मिथिला नगरपालिका मेयर महतोलाई ध्यानाकर्षण गराउने हो। र, ध्यानाकर्षण गराउँदा सम्बन्धित प्राविधिकहरुको मापदण्डअनुरुप हामीले ढल्केबरमै जग्गा उपलब्ध गराउन सक्ने विकल्प पनि अनिवार्य उपलब्ध गराउनु पर्ने तत्कालको कार्यभार हो।

यसरी ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन भने के गर्ने त ? त्यसपछि सडक संघर्ष गर्ने हो। प्रदर्शन हो। निशर्त आन्दोलन गर्ने हो। कसरी गर्ने त ? यसको पनि विधि र प्रकृया हुन्छ। त्यो भनेको के हो भने, पहिला प्रमुख राजनीतिक दलहरुको मिथिला नगर कमिटीहरुको संयुक्त मोर्चावन्दी, नगरपालिकाभरीका सक्रिय क्लबहरुको संयुक्त मोर्चाबन्दी, नागरिक समाज, बुद्दिजीवि, युवा, विद्यार्थी, किसान र स्थानीय ब्यापारी लगायत सघं-संगठनहरुको संयुक्त मोर्चाबन्दी गर्ने हो।

त्यसपछि आन्दोलन गर्ने संयुक्त कार्यदल बनाउने हो र यसको नेतृत्व कुनै पनि राजनीतिक दलमा नलागेको विकासप्रेमी बुद्दिजीविले गर्ने हो। आन्दोलनको स्वरुप पनि मौलिक हुनुपर्छ, जसले सबैको ध्यान खिचोस्।

साँच्चै ढल्केबरमा ट्रमा सेण्टर बनाई छाड्ने हो भने तत्कालका कार्यभार यिनै हुन्। राजनीतिक प्रतिशोध मात्रै साँध्ने हतियार मात्रै कदापि बन्नु हुन्न ढल्केवर ट्रमा सेण्टर बचाउ अभियान। जुन ढल्केबरको विकासको लागि झनै घातक सिद्द हुनसक्छ।

प्रकाशित मिति: : 2021-06-23 19:44:00

प्रतिकृया दिनुहोस्