नेपाली चलचित्रले मधेसीलाई हेप्छन् ?

बाह्रखरी

नरेश फुयाँल

बजार विस्तारको कुरा भइरहँदा नेपाली चलचित्रले विदेशी दर्शकलाई पनि समेट्नुपर्छ भन्ने आवाज उठिरहेको छ। विदेशी बजार खोज्न नेपाली चलचित्रले प्रयत्न सुरु गर्नुपर्ने बताइरहँदा नेपालकै मधेसी भू–भागलाई समेटेको छ ? स्वयं चलचित्रकर्मीहरु नै भन्छन्– छैन। मधेसकै प्रतिनिधित्त्व गर्ने चलचित्रकर्मी त भन्छन्– नेपाली चलचित्रले हामीलाई मजाक बनाएर उडाइरह्यो।

तराईवासी नेपालीलाई पहिला समेटेर विदेशी बजारतर्फ लाग्नुपर्ने चलचित्रकर्मीहरुको तर्क छ। नेपालको झन्डै ५० प्रतिशत जनसंख्या रहेको तराईलाई नजरअन्दाज गरेकै कारण नेपाली चलचित्रको आन्तरिक बजार खुम्चिरहेको निर्देशक दिनेश राउत बताउँछन्।

यसलाई निर्देशक नवीन सुब्बा ‘समावेशीताको अभाव’ भन्छन्। नेपाली चलचित्र कला, संस्कृति, भाषा, साहित्य र विषयसँगै भौगोलिक हिसाबले पनि समावेशी नरहेको उनी बताउँछन्। केही सीमित ठाउँ विशेषका मात्रै कथा आएको नवीनको भनाइ छ।

“नेपाली चलचित्रमा मधेसका कथा खोइ ? अझै पनि सीमित ठाउँका सीमित वर्ग विशेषका कथाहरु मात्रै आएका छन्। धेरैका कथाहरु आएका छैनन्,” नवीन भन्छन्, “चलचित्रमार्फत आउनैपर्ने कथाहरु आएका छैनन्। धेरै भनिनुपर्ने कथाहरु मेकरले भन्न सकेकै छैनन्। हामीले आफ्नै ठाउँ विशेषलाई समेट्न सकेका छैनौँ।”

प्रकाशित मिति: : 2021-06-23 10:24:00

प्रतिकृया दिनुहोस्