काे हुन् कोनर, जसले काेभिडकाे तनाबबाट मुक्त हुन चार सय पटक तालमा हाम फाले

बिएल संवाददाता

वासिङ्टन डीसी

यतिबेला कोरोना महामारीले विश्वलाई नै त्रसित बनाएको छ।

कोरोना नियन्त्रणका लागि विभिन्न देशहरुमा लकडाउन छ। यस्तो अवस्थामा मानिसहरु घर भित्रै थुनिएर बस्न बाध्य छन्। घरभित्र मात्रै बसिरहदा केही मानिसहरुलाई मानसिक तनाबसमेत हुन थालेको छ। 

यस्तो अवस्थामा एक अमेरिकी नागरिकले भने तनाबबाट मुक्त हुन भन्दै तालमा डुबुल्की मारिरहेका छन्। ड्यान ओ कोनरले तनाब भगाउन भन्दै पछिल्लो एक वर्षमा हरेक दिन मिचिगन तालमा डुबुल्की मार्दै आएका छन्।

अमेरिकाको सिकागोमा बस्दै आएका कोनोरले अहिलेसम्म चार सयभन्दा बढी पटक तालमा हाम फालिसकेका छन्।

कोभिडका कारण उत्पन्न समस्या भगाउनका तालमा डुबुल्की मार्दै आएको कोनोरले बताएका छन्। 
 

प्रकाशित मिति: : 2021-06-23 09:01:00

प्रतिकृया दिनुहोस्