सोमबार, १५ डिसेम्बर २०२५

'रक्षाबन्धन' काे छायांकन सुरु

Photo : Akshay kumar Facebook
• • •

कोरोना संक्रमितहरुको संख्या कम हुन थालेपछि भारतमा लकडाउन खुकुलो पारिदै गएको छ। 

यससँगै बलिउड चलचित्रहरु सुटिङ सुरु हुन थालेका छन्। अभिनेता अक्षयकुमारले पनि चलचित्र  ‘रक्षाबन्धन’को सुटिङ सुरु गरेका छन् । छायाँकन स्पोटको एक तस्बिर शेयर गर्दै अक्षयले यसबारे जानकारी दिएका हुन्।

तस्वीरमा अक्षयकुमार निर्देशक आनन्द एल रायसँग देखिएका छन्। फिल्म ‘रक्षाबन्धन’ मा अक्षयको बहिनीको भूमिका साहेजमीन कौर, दीपिका खन्न, सादिया खतिव र स्मृति श्रीकांतले निभाएका छन् । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!