मेलम्ची बाढी: २ महिनाअघि भित्रिएकी बुहारी भन्छिन्– 'आधा दिमाग खुस्किसक्यो, अब बौलाउन बाँकी छ'

लोकान्तर

काठमाडौँ

अजय अनुरागी

२५ वर्षीया सीता दुलाल २ महिनाअघि मात्र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर- ११ स्थित मेलम्ची बजारको तीन तल्ले घरमा भित्रिएकी थिइन् ।

वैशाख १६ गते २८ वर्षीय नविन दुलालसँग उनको बिहे भएको थियो। त्यसयता दैनिकी दैनिकी हाँसीखुसी नै बितिरहेको थियो ।

तर गत मंगलवार साँझ आएको बाढीका कारण अहिले उनीसहित उनका घर परिवारका सबै सदस्यहरू सडकमा आउन बाध्य भएका छन्। करोडौं पर्ने घरजग्गा बाढीले पुरेपछि रातारात बेघर बनेर सुकुम्बासीको जीवन जिउन बाध्य भएका छन्।

यो सपना हो कि विपना सोच्नै नसकेको सीता बताउँछिन् ।

‘अब बौलाउन मात्र बाँकी छ । आधी दिमाग खुस्किएको जस्तो लागिरहेको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘मनभित्र आगोको गाँठो पारेर बस्न बाध्य छौं ।’

आफन्तको फोन आएर हालखबर सोधे रुन मन लाग्ने, कोही आएर के भयो भनेर सोधीखोजी गर्दा पनि रुन मन लाग्ने उनले बताइन् ।

प्रकाशित मिति: : 2021-06-20 11:43:00

प्रतिकृया दिनुहोस्