गम्भीर बिरामी राखिने एचडियू खरिदमा समेत भ्रष्टाचार

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारी आन्दोलनमा छन्।

आर्थिक अनियमितता गर्दै आएका उपकुलपति डा. ज्ञानेन्द्र कार्कीले कोभिड महामारीका वेला स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लागेको छ। गम्भीर बिरामीलाई राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) खरिदमा समेत भ्रष्टाचार गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्थानीय व्यापारी चेतन अग्रवालसँगको मिलेमतोमा सार्वजनिक खरिद नियमावलीविपरीत सामान खरिद गरेर अस्पताललाई घाटामा पारेको भन्दै  एक डाक्टर र एक कर्मचारीले राजीनामा दिएका थिए।

प्रकाशित मिति: : 2021-06-20 08:01:00

प्रतिकृया दिनुहोस्