चर्चित कम्पनी माइक्रोसफ्टका अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : NDTV
Photo : NDTV

विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त भएका छन्।

माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन थिए भने नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए।

भारतीय मूलका नाडेला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ। 

माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए। सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत रहदै आएका थिए।

उनीअध्यक्षमा निर्वाचित भए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निर्वाह गरिरहने कम्पनीले जनाएको छ।

माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दुई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन्।

कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि उनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सिइओ अफ माइक्रोसफ्ट कार्पोरेसन’ लेखेका छन्। 

प्रकाशित मिति: : 2021-06-20 06:48:00

प्रतिकृया दिनुहोस्