तेस्रो लहरको संक्रमणको जोखिम कायमै, विज्ञ भन्छन्– खोपमा नेपालको हैसियत नै पुगेन

बाह्रखरी

काठमाडाैं

नेपालमा दोस्रो लहरको कोभिड संक्रमण घट्दै गर्दा तेस्रो लहरको आउनसक्ने जोखिम उत्तिकै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै संक्रमणको तेस्रो लहर आउनसक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुने भन्दै पूर्वतयारीका लागि निरन्तर आग्रह गरिरहेको छ। 

सरकारले जनजीविकालाई सहज गराउन निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ। तर, संक्रमणको जोखिमबाट बचाउन महत्वपूर्ण माध्यम साबित भएको कोभिड–१९ विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउन सरकारले पर्याप्त पहल गरेको देखिँदैन। यही अवस्थामा तेस्रो लहरको संक्रमण देखिए र संक्रमण फैलिने समयसम्म बढीभन्दा बढी नागरिकले खोप नपाए संक्रमणले ठूलो क्षति पुर्‍याउने आकलन विज्ञहरूले गरेका छन्।

नेपालमा अहिलेसम्म कति खोप आयो ?

नेपालमा पहिलोपटक भारत सरकारले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो। विश्व स्वास्थ्य संगठनको ग्लोबल भ्याक्सिन अलायन्स कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालले पाउने २२ लाख ५६ हजार डोजमध्ये ३ लाख ४८ हजार डोज आइसकेको छ। चीन सरकारले नेपालाई दुईपटक गरी जम्मा १८ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको छ  । 

यसरी नेपालले चीन र भारतको अनुदानमा ३१ लाख ४८ हजार डोज खोप पाएको छ। नेपालमा हालसम्म भारतका दुई, चीनका दुई र रुसको एक गरी पाँचवटा खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेपनि खरिद गरेको खोप भने भारतबाट १० लाख डोजबाहेक अन्यत्रबाट आउन सकेको छैन।

प्रकाशित मिति: : 2021-06-18 13:06:00

प्रतिकृया दिनुहोस्