डिआईजीको सरुवा सिफारिसः सीआईबीमा आचार्य, कुन प्रदेशमा को? (नामसहित)

गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको सरुवाको  तयारी गरेको छ।  खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भएको एकहप्तामै डिआईजीको सरुवा निस्कन लागेको हो।

डिआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुनेगर्छ। प्राप्त सूचनाअनुसार प्रहरी प्रधान कार्यालय नक्सालले सरुवा सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डिआईजी सहकुल बहादुर थापाको लुम्बिनी प्रदेशमा गरेको छ।

यस्तै सीआईबीमा मुकुन्द आचार्यको नाम सिफारिस भएको छ। यसअघि सीआईबीको लागि तीन डिआईजीको नाम चर्चामा थियो, उत्तम सुवेदी, धीरज प्रताप सिंह र रवीन्द्र धानुक। तर, गृहमन्त्री अधिकारीले एकपटक पनि इन्चार्ज नपाएको व्यक्तिलाई सीआईबी पठाउने अडान लिएपछि आचार्यको नाम फाइनल भएको हो।

प्रकाशित मिति: : 2021-06-16 17:23:00

प्रतिकृया दिनुहोस्