इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

The Times Of Israel
The Times Of Israel

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफतली बेनेटलाई बधाई दिएका छन्। अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेको बताइएको छ। 

इजरायलमा नाफतली बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएका थिए। उनले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको बताइएको छ। 

इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएको बताइएको छ। 

त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्काे कुनै पनि देश नरहेको बताएको समाचारमा जनाइएको छ। 

इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गरेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

उनले आइतबार राति इजरायलको प्रधानमन्त्रीका रुपमा सपथ लिएका थिए। त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएका थिए। रासस 
 

प्रकाशित मिति: : 2021-06-14 12:15:00

प्रतिकृया दिनुहोस्