इजरायल: नफ्ताली बेनेट बने नयाँ प्रधानमन्त्री, नेतान्याहूको १२ वर्षे शासन समाप्त

Photo - Israelhayom

नफ्ताली बेनेट इजरायलको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। 

गठबन्धनको तर्फबाट आइतबार राति उनले प्रधानमन्त्रीको सपथ लिएका हुन्। आठ–दलको संयुक्त गठबन्धनबाट बेनेटले बहुमत प्राप्त गरेका हुन्। यद्यपि, संसदमा ठूलो दलको नेता बेन्जामिन नेतान्याहू नै हुने छन्।

कम्तिमा १२ वर्षदेखि इजरायलको प्रधानमन्त्री रहेका नेतान्याहूले संसदीय प्रक्रियाबाट बिदा लिएका छन्।

गठबन्धनका उम्मेदवार दक्षिणपन्थी यामिन पार्टीका नेता बेनेटले संसदमा बहुमत प्राप्त गरेपनि प्रधानमन्त्रीमा नियुक्ती भएका हुन्। 

इजरायलको १ सय २० सदस्यीय संसदमा नयाँ प्रधानमन्त्री बेनेटले ६० मत पाएभने निवर्तमान प्रधानमन्त्री नेतान्याहूले ५९ सांसदको समर्थन पाएका हुन्। 


इजरायलमा नेतान्याहूको १२ वर्षे शासन समाप्त

इजरायलको संसदले नेतान्याहूको १२ वर्षे लामो प्रधानमन्त्रीको कार्यकाल समाप्त गरेको छ।

उनी सन् २००९ देखि २०२१ सम्म इजरायलको प्रधानमन्त्रीका रुपमा रहें।

संसदमा विपक्षी गठबन्धनले बहुमत पाएपछि नेतान्याहूले प्रधानमन्त्रीको पद गुमाएका हुन्। उनकाे शासन समाप्त भएसँगै  ठाउँठाउँमा र्‍यालीसहित खुशीयाली मनाउन थालिएकाे छ।

इजरायलको राजनीतिक इतिहासमा ७१ वर्षे नेतान्याहूलाई सबैभन्दा प्रभावशाली राजनीतिज्ञ मानिन्छन्। देशमा उनका समर्थकहरू धेरै छन्। तर, उतिकै कडा आलोचक पनि रहेका छन्। 

उनले भ्रष्टाचारको अभियोगदेखि अनेकन आरोपलाई १२ वर्षसम्म विफल पारिरहेका थिए। अन्ततः नेतान्याहूको १२ वर्षे शासन समाप्त भएकाे छ।

प्रकाशित मिति: : 2021-06-14 11:51:00

प्रतिकृया दिनुहोस्