इजरायलमा नेतान्याहूको १२ वर्षे शासन समाप्त

Photo - REUTERS

इजरायलको संसदले बेन्जामिन नेतान्याहूको १२ वर्षे लामो प्रधानमन्त्रीको कार्यकाल समाप्त गरेको छ।

उनी सन् २००९ देखि २०२१ सम्म इजरायलको प्रधानमन्त्रीका रुपमा रहें।

संसदमा विपक्षी गठबन्धनले बहुमत पाएपछि नेतान्याहूले प्रधानमन्त्रीको पद गुमाएका हुन्। उनकाे शासन समाप्त भएसँगै  ठाउँठाउँमा र्‍यालीसहित खुशीयाली मनाउन थालिएकाे छ।

कट्टरपन्थी यामिना दलका नेता नफ्ताली बेनिटले गठबन्धनको समर्थनमा नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन्। 

आठ–दलको संयुक्त गठबन्धनबाट बेनिटले बहुमत प्राप्त गरेका हुन्। यद्यपि, संसदमा ठूलो दलको नेता नेतान्याहू नै हुने छन्।

इजरायलको राजनीतिक इतिहासमा ७१ वर्षे नेतान्याहूलाई सबैभन्दा प्रभावशाली राजनीतिज्ञ मानिन्छन्। देशमा उनका समर्थकहरू धेरै छन्। तर, उतिकै कडा आलोचक पनि रहेका छन्। 

उनले भ्रष्टाचारको अभियोगदेखि अनेकन आरोपलाई १२ वर्षसम्म विफल पारिरहेका थिए। अन्ततः नेतान्याहूको १२ वर्षे शासन समाप्त भएकाे छ।

प्रकाशित मिति: : 2021-06-14 00:52:00

प्रतिकृया दिनुहोस्