स्याङ्जामा असार ७ गतेसम्म निषेधाज्ञा थप 

Symbolic photo
Symbolic photo

स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे सङ्ख्या बढ्दै गएपछि थप गर्दै लगिएको हो।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा आज जारी गरिएको सूचनामा अझै पनि जोखिम कायम रहेकाले निषेधाज्ञा असार ७ गतेसम्म कायम रहने जनाइएको छ। रासस

प्रकाशित मिति: : 2021-06-13 20:26:00

प्रतिकृया दिनुहोस्