निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९६८ सवारी साधन कारवाहीमा 

फाइल तस्वीर
फाइल तस्वीर

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ९ सय ६८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तीमध्ये ६ सय ५५ वटा गाडी र १ हजार ३ सय १३ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय ६५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार ७ सय ७४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय २८ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५३ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको छ।

सो क्रममा ४ हजार ३ सय १७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ। साथै देशभर सञ्चालित ७२ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ६ हजार ५ सय ३० जनालाई सचेत गराइएको छ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।

प्रकाशित मिति: : 2021-06-13 17:55:00

प्रतिकृया दिनुहोस्