घरेलु मदिरा समात्न गएका प्रहरीमाथी रक्सी खन्याइयो

धनुषामा अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको छ।

धनुषाधाम नगरपालिका वडा नम्बर–९ स्थित धारापानीमा शनिबार साँझ गोप्य सूचनाको आधारमा अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन्।

धारापानीस्थित केहि घरहरुमा अवैध मदिरा उत्पादन र बिक्री वितरण भईरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीको नेतृत्वमा पुगेको टोलीले छापामारी  १ हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नियन्त्रणमा लिएर प्रहरी चौकी ल्याउने क्रममा स्थानीयले घेरा हाली प्रहरीमाथि हातपात, ढुङ्गा प्रहार तथा दुर्वव्यवहार समेत गरेको प्रहरी निरीक्षक सुवेदीले बताए।
स्थानीयको प्रहारबाट ना १ झ १२११ नम्बरको प्रहरी भ्यानको सिसामा क्षति पुर्याएको छ भने प्रहरी जवान राजु खानलाई चोटपटक लागेको छ। स्थानीय करिब डेढ सय जनाको संख्यामा रहेका भिडमध्ये केहीले प्रहरी निरीक्षक सुवेदीलगायत तीन जना प्रहरीमाथि मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ खन्याएर दुर्वव्यवहार गरेका थिए।
घटनामा संलग्न दुइ पुरुष र एक महिला गरी तिनजनालाई प्रहरीले पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरेको छ। 
पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका ९ धारापानीका शुसिला थापा, लक्ष्मी साह र श्रवण रहेको इप्रका ढल्केवरले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-06-13 10:07:00

प्रतिकृया दिनुहोस्