पहिलोपोष्ट
काठमाडौं : विश्वकप छनोट अन्तर्गतको खेलहरु खेलेर नेपाल आज स्वदेश फर्कँदै छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण सम्हालेपछि छोटो तयारीपछि इराक हुँदै कुवेत पुगेको नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गतको खेलमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेलेको थियो। जसमा चाइनिज ताइपेईमाथि २-० को जित निकालेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजय ब्यहोरेको थियो। त्यसअघि इराकसँग मैत्रीपूर्ण खेलमा ६-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो।
विश्वकप छनोट अन्तर्गतको समूह बी मा रहेको नेपालले दुई प्रशिक्षकको प्रशिक्षणमा खेलहरु खेल्यो। स्वीडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा रहेको नेपालले चाइनिज ताइपेइलाई उसैको गृहमैदानमा २-० ले हराएको थियो। त्यस्तै कुवेतसँगविरुद्ध कुवेतमा ७-० र भुटानमा १-० ले पराजय ब्यहोर्दा अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० ले पराजय ब्यहोरेको थियो। समूहको होमगेम बाँकी रहँदा कोभिड महामारी फैलियो र एक वर्ष खेल प्रभावित भयो। यसबीचमा नेपालको प्रशिक्षक परिवर्तन भए। स्वीडिस कालीनको स्थानमा आइपुगे कुवेती अलमुताइरी।
प्रशिक्षकका रुपमा अलमुताइरी समर्थकहरुसामु चाँडै चर्चित पनि भए। जसको लागि उनले सामाजिक सञ्जालको भरपुर सदुपयोग गरे भने डिफेन्सिभ मानसिकतामा खेल्ने नेपाललाई अट्याकिङ खेलाउने भनेर सबैको ध्यानसमेत ताने। त्यसमाथि खेलाडी छनोटमा युवा खेलाडीलाई प्राथमिकता दिएर आशाको किरण जगाए। उनको नेतृत्वमा समूह बी मा नेपालले चाइनिज ताइपेइलाई २-० ले हराउँदा बलिया टोली जोर्डन र अस्ट्रेलियासँग ३-० को हार पनि ब्यहोर्यो नेपालले। समूहको चौथो स्थानमा रहेको नेपालले अब एसियन कपको तेस्रो चरणका लागि प्लेअफ खेल्ने मौका पाउने भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया