
सुधा अत्रि
म्यान्मार सैन्य हिरासतमा रहेकी अपदस्थ राज्य सल्लाहकार आङ सान सुकीलाई फसाउन 'जुन्ता' प्रशासनले भ्रष्टाचारकाे मुद्दा दर्ता गरेको छ।
प्रजातन्त्रवादी नेत्री सुकीलाई भ्रष्टाचार निवारण धारा (५५)काे आडमा नगद र सुन लिएको गम्भीर आरोप लगाउँदै मुद्दा दर्ता गरिएकाे सैनिकले विज्ञप्तिमार्फत् जानकारी दिएकाे छ।
सैनिक जुन्ताले उनीविरूद्ध अहिलेसम्म सातवटा मुद्दा दर्ता गरेकाे र मुद्दा दर्ता गरिएकाे अदालत कुन हाे भन्ने जानकारीमा नभएकाे वकील मिन मिन साेले बताएकी छन्।
बनावटी भ्रष्टाचारकाे मुद्दाविरूद्ध डटेर अदालतमा बहस गर्ने र त्यसका लागि राम्राेसँग पूर्वतयारी गर्ने गर्ने वकील साेले बताईन्।
सैन्यकाे स्राेतका अनुसार नेत्री सुकीसँगै नेपिडाेका मेयर तथा काउन्सिल अध्यक्ष डा. मयाेआऊ, उपमेयर येमिन ऊ र विकास केन्द्र समितिका मिन तू–लगायतलाई भ्रष्टाचारकाे मुद्दा दर्ता गरिएकाे छ।
यसअघि उनीविरूद्ध अवैध ढंगले सञ्चार–सेट आयात गरेकाे र अशान्ति फैलाएकाे आरोपमा मुद्दा दर्ता गरेकाे थियाे।
नेशनल लिग फर डेमोक्रेसी पार्टीले सुकीलगायतका नेतालाई सैनिक तानाशाहले फसाउन आरोप लगाएको स्पष्ट पारेकाे छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया