सुधा अत्रि
म्यान्मार सैन्य हिरासतमा रहेकी अपदस्थ राज्य सल्लाहकार आङ सान सुकीलाई फसाउन 'जुन्ता' प्रशासनले भ्रष्टाचारकाे मुद्दा दर्ता गरेको छ।
प्रजातन्त्रवादी नेत्री सुकीलाई भ्रष्टाचार निवारण धारा (५५)काे आडमा नगद र सुन लिएको गम्भीर आरोप लगाउँदै मुद्दा दर्ता गरिएकाे सैनिकले विज्ञप्तिमार्फत् जानकारी दिएकाे छ।
सैनिक जुन्ताले उनीविरूद्ध अहिलेसम्म सातवटा मुद्दा दर्ता गरेकाे र मुद्दा दर्ता गरिएकाे अदालत कुन हाे भन्ने जानकारीमा नभएकाे वकील मिन मिन साेले बताएकी छन्।
बनावटी भ्रष्टाचारकाे मुद्दाविरूद्ध डटेर अदालतमा बहस गर्ने र त्यसका लागि राम्राेसँग पूर्वतयारी गर्ने गर्ने वकील साेले बताईन्।
सैन्यकाे स्राेतका अनुसार नेत्री सुकीसँगै नेपिडाेका मेयर तथा काउन्सिल अध्यक्ष डा. मयाेआऊ, उपमेयर येमिन ऊ र विकास केन्द्र समितिका मिन तू–लगायतलाई भ्रष्टाचारकाे मुद्दा दर्ता गरिएकाे छ।
यसअघि उनीविरूद्ध अवैध ढंगले सञ्चार–सेट आयात गरेकाे र अशान्ति फैलाएकाे आरोपमा मुद्दा दर्ता गरेकाे थियाे।
नेशनल लिग फर डेमोक्रेसी पार्टीले सुकीलगायतका नेतालाई सैनिक तानाशाहले फसाउन आरोप लगाएको स्पष्ट पारेकाे छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया