
सुधा अत्रि
म्यान्मारमा सैन्य विमान दुर्घटना हुँदा उच्च सैनिक पदाधिकारीसहित १२ जनाको मृत्यु भएको छ।
माण्डलेस्थित प्यीउल्वीं–नगर अनिसखान नजिकै बिहिबार बिहान विमान दुर्घटनामा परेर १२ सैनिकको मृत्यु भएको र अन्य केही घाइते अधिकारीहरूको उपचार जारी रहेको सैन्य परिषदले पुष्टि गरेको छ।
विमानमा सैनिक जनरल स्तरका पदाधिकारी र प्रहरी अधिकारीसहित १६ जना सवार रहेको बताइएको छ।
सैन्य विमान राजधानी नेपिडोबाट बिहान सात बजे माण्डलेका लागि उडेको थियो।
विमान अनिसखानमा अवतरण हुनै लाग्दा प्रतिकूल मौसमका कारण प्यीउल्वींस्थित विद्युत कार्यलय र इस्पात प्लान्टको बीचमा दुर्घटना भएको हो। अनिसखानको एयरपोर्टमा अवतरण हुँदाहुँदै सम्पर्क विच्छेदलगतै दुर्घटना भएको खबर फैलिएको थियो।
प्यीउल्वीं–नगर तौंडाउ चेय्वा औसु, च्याउफ्याडो चेय्वा महावितौटायामा बजार, कौंपरियति सातिन्टाई (स्कुल)को शिलान्यास समारोहका लागि सैन्यतर्फ जनरल स्तरका पदाधिकारी र सहयोगीदातासहित सवार रहेको बताइएको छ।
दुर्घटनामा परेको विमान बि–क्र–१९०० रहेको म्यान्मार सैन्य नियन्त्रणमा रहेको सरकारी टेलिभिजनले जनाएको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया