आङ सान सुकीलाई सैन्य हिरासतमा आर्थिक अभाव, सरकारी खर्च लिन अस्वीकार

सुधा अत्रि

म्यान्मार
Photo :  AFP
Photo : AFP

म्यान्मार सैन्य हिरासतमा रहेकी राज्य सल्लाहकार तथा चर्चित प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई आर्थिक अभाव भएकाे बताइएकाे छ।

सरकारी खर्चमा उनकाे रूचि देखिँदैन। सैनिक परिषदले आर्थिक बन्दाेबस्तका लागि पटक-पटक आग्रह गर्दा समेत नेत्री सुकीले अस्वीकार गरेकी छन्। उनी हिरासत बसाइँकाे क्रममा आफ्नाे खर्च आफै व्यर्हाेने बताउँदै आएकी छन्।

सैनिक नियन्त्रणमा रहेकी नेत्री सुकीले आफू र आफ्नाे हेरचाहमा खटिएका व्यक्तिहरूकाे खानपिन तथा औषधिहरूकाे आर्थिक जाेहाे आफै गरिरहेकी छन्।

आफूसँगै रहेका अन्य कर्मचारीहरूकाे आर्थिक भारसमेत नेत्री सुकी नै तिर्छिन्। सैन्य सरकारकाे आर्थिक सहयाेग नलिएर आफ्नाे नीजी रकम खर्च गर्दै आएकाे उनका वकीलहरूले बताएका छन्।

उनका समर्थकहरूले हिरासतमा पैसा कमी भएकाे खबर सुनेपछि आर्थिक सहयाेगका लागि अभियान थालेका छन्।

नेत्री सुकीकाे सुरक्षामा कुकुरसहित नाै जना व्यक्ति रहेकाे उनकी वकील मिन मिन साे ले बताइन्। उनीलाई पहिले राजधानी नेपिटाेस्थित निवास नं. ३३ काे छेउ-छाउमा राखिएकाे र अहिले अर्कै स्थानमा सारिएकाे म्यान्माली सञ्चार संस्था मिजिमाले जनाएकाे छ।

सुकीविरूद्ध जब्युतिरी नगर अदालतमा पाँचवटा मुद्दा र याँन्गाै अश्येटाईन् अदालतमा एउटा मुद्दा चलाइएकाे छ। उनले वकीलसँग एक–आपसमा संवाद गर्न पाउनुपर्ने माग गरे पनि न्यायाधीशले सम्बन्धित प्रहरी र सरकारी वकीलकाे परामर्शमा कुराकानी गर्न आदेश दिएका छन्।

प्रकाशित मिति: : 2021-06-09 10:06:00

प्रतिकृया दिनुहोस्