बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा आठ जना मन्त्री/राज्यमन्त्री थपेर आफ्नो मन्त्रिपरिषद्लाई पूर्णआकार दिएका छन्। आजै ४ बजे राष्ट्रपतिबाट सपथग्रहण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषद्मा खगराज अधिकारी गृहमन्त्री बनेका छन्। यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन् ।
मन्त्री हुने अन्यमा राजकिशोर यादव, ज्वालाकुमारी साह, गणेश पहाडी, नारदमुनि राना थारु, मोहन बानियाँ रहेका छन्। अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री, तीन जना उपप्रधानमन्त्री, १८ जना मन्त्री र तीन राज्यमन्त्री भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको नेतृत्वमा गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफरिसमा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्। नयाँ मन्त्रीमा यादव जसपा नेता हुन् भने थापा र साह साविक माओवादीका नेता हुन् । पहाडी चाहि यसअघि माधव नेपाल समूहमा थिए।
.jpg)
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया