के रोनाल्डो युरोकपका सर्वकालिन महान् खेलाडी हुन् ?

रातोपाटी

काठमाडौँ

जब युरोकपअन्तर्गत १५ जुनमा क्रिष्ट्रियानो रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेलमा पोर्चुगलको कप्तानी गर्नेछन्, तब उनले सधैँझैँ नयाँ कीर्तिमान पुनर्लेखन गर्ने तयारी थाल्नेछन् ।

२०१६ मा आफ्नो देशलाई युरोकपको उपाधि दिलाउन प्रमुख भूमिका खेलेका ३६ वर्षीय खेलाडीसँग युरोकपको सर्वकालिन महान् खेलाडीको दाबी गर्नका लागि ठोस तर्कहरु रहेका छन् ।

युरोकपको इतिहासमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान रोनाल्डोको नाममा छ, युरोकप छनोटमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ । यदी, यसपटक उनले एक गोलमात्रै गरे भनेपनि युरोकपमा सर्वाधिक गोल गर्ने एक्लो खेलाडी बन्नेछन् ।

युरोकपका महान् खेलाडीहरूसँग रोनाल्डोको तुलना कसरी हुन्छ ? र, उनले के–कस्ता नयाँ कीर्तिमान कोर्न सक्छन् ? आउनुस् चर्चा गरौं ।

प्रकाशित मिति: : 2021-06-09 17:56:00

प्रतिकृया दिनुहोस्