सन् २०१६ मा ओरेगन कलेजकी छात्रा जेन डेको आइफोनमा यौन रुपबाट स्पष्ट तस्वीर र भिडियो अपलोड भएको विषयमा एप्पल कम्पनीले छात्रालाई ५ मिलियन डलर क्षतिपूर्ति प्रदान गर्ने भएको छ।
डे ले आफ्नो आइफोन मर्मत गर्न दिएको समय त्यँहाका दुई प्राविधिकहरुले आफ्नो फेसबुक अकाउण्टबाट उक्त तस्वीर र भिडियो अपलोड गरेका थिए।
प्रहरीको अनुसन्धानपछि अदालतको आदेशमा दोषी देखिएपछि एप्पलले त्यी दुई कर्मचारीहरुलाई जागिरबाट निकालेको छ र प्रहरीले पक्राउ गरेको छ।
उनीहरुले अब चार वर्ष कैद भुक्तान गर्नु पर्ने छ। एप्पल एक विज्ञप्ति जारी गर्दै आफ्नो ग्राहकलाई भएको मानसिक पीडाप्रति क्षमा याचना गर्दै अब यस्ता घटनाहरु नदोहोरिने दाबी गरेको छ।
आफ्नो ग्राहकहरुको डेटाको गोपनियता र सुरक्षाप्रति कम्पनी सजग रहेको बताउँदै प्रवक्ता रोबर्ट सालले भने, 'एप्पल कम्पनी को निमित्त ग्राहक प्रमुख बिषय हो।'