ट्रम्पको पुनः राष्ट्रपति चुनाव लड्ने संकेत

फाइल तस्वीर
फाइल तस्वीर

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को चुनावमा पुनः अमेरिकी राष्ट्रपति पदमा उठ्ने संकेत गरेका छन्।

नर्थ क्यारोलिना राज्यमा भाषण दिँदै उनले भने, ‘रिपब्लिकन पार्टीले एकपल्ट फेरि २०२४ को राज्य चुनाव जित्ने छ।’

नर्थ क्यारोलिना रिपब्लिकन पार्टीको २०२१ को कन्भेसनमा ट्रम्पले आफ्नो दृष्टी २०२४ मा हुने निर्वाचनतर्फ रहेको बताए। ‘हामी यस्तो तयारी गर्नेछौं। जसले नर्थ क्यारोलिनामा फेरि रिपब्लिकन पार्टीको सत्ता कायम हुनेछ।’

सन् २०२२ मा नर्थ क्यारोलिनामा सिनेटको चुनाव हुँदैछ। यसअघि गत आइतबार फेसबुकले ट्रम्पको अकाउन्ट दुई वर्षको लागि निलम्बित गरेको छ।

ट्रम्पले फेसबुकको यस कार्यले सात करोड ५० लाख अमेरिकीको बेइज्जती गरेको आरोप ट्रम्पले लगाएका थिए। ट्रम्पको अहिले सबै सोसल मिडिया साइट निलम्बित छ।

प्रकाशित मिति: : 2021-06-06 11:09:00

प्रतिकृया दिनुहोस्