हामी हार मान्दैनौँ

Breaknlinks
Breaknlinks

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड -१९ काे नयाँ भेरीयन्टसहितको दोस्रो लहरको कारणले सपनासँगै रहरहरु पनि थाती राख्दै ज्यान जोगाउन तल्लीन छन्, मान्छेहरु।

मान्छे नै रहेन भने त्यसबारेकाे शिक्षाको के मान्यता? अस्तित्व र इमान्दारीताकाे के अर्थ? ती रहरहरु पनि दोस्रो लहरले खाइदिएकाे छ।

गन्तव्य धेरै लामो छ। समय पनि आफ्नै रफ्त्तारमा कुदिरहेको छ। पछि नफर्केर आफ्नै गतिमा घुमीरहेको थियो। देश बिग्रियो अनि हामीले बाेकेका हरेक महत्वाकांक्षी आशा पनि घट्दै गए।

मेरो काेठाकाे सुनसान भित्तामा म केही लेख्न चाहाना गरिरहेकाे छु। तर लेख्नलाई केवल मेरा आँखामा आउने ती अदृश्य कल्पनाका छालहरु छन्।

कोरोनाले हम्मे-हम्मे बनाइरहेको मेरो देशमा लाखौँ युवाहरुकाे रोजगारी खाेसिरहेकाे छ। युवा मनमा, नेपाली जनताहरूको मनमा डर बसेकाे छ, कतै हामी २० वर्षपछि धकेलिने त होइनाैं?

मैले देखेको, हाम्रो परिवारले देखाएको एक मीठो सपना कतै सकिने पो हो कि? भनेर मनमा डर लागिरहेको छ। साँचेको सपना  कतै क्षणभरमै बिलाई जाने पाे हो की! मुटु काप्न थाल्छ।

कोरोनाले हम्मे-हम्मे बनाइरहेको मेरो देशमा लाखौँ युवाहरुकाे रोजगारी खाेसिरहेकाे छ। युवा मनमा, नेपाली जनताहरूको मनमा डर बसेकाे छ, कतै हामी २० वर्षपछि धकेलिने त होइनाैं?

देशको सामाजिक, आर्थिक अवस्था खस्कदै छ। राजनीति स्खलित हुँदैछ। मर्नेहरूको लाम लागेको छ। दिनैपिच्छे हजारौंको संख्यामा संक्रमित बढिरहेका छन्। सयाैं भेन्टिलेटरमा गइरहेका छन्। अक्सिजन अभावमा सास थिचिदैछ।

कतै हामीले रुस, स्पेन, चाइना, अमेरिकाकाे जस्ताे  हालत बेहोर्नुपर्ने त हाेइन? डर एकाएक सगरमाथा छुने गरि बढिरहेको छ।तर देशको याे स्थिति देखिनुमा अव्यवस्थाको कमजोरी हो। महामारीमा राजनीतिज्ञहरूको अश्लील रुप देख्नु नै दुर्भाग्य हाे। जसले समृद्धि कुन चराकाे नाम बनाइदिएकाे छ। राजनीतिक परिवर्तनका एजेन्डा रद्दीकाे टाेकरीमा छन्।

याे कठिनाइबाट पार पाउन देशकाे राजनीतिक उभाे लाग्नुपर्छ। तर राजनीति नै गए-गुज्रेकाे छ। जनतालाई घरमा बस। माक्स लागाउ भन्ने तर आफू भने कुर्सीको निम्ति हानाहान गर्ने चलनले समस्या झन् बढेकाे छ। यो महामारीको बेला लाज छाेप्न यस्ता गतिविधि गरिरहेकाे नेताहरुलाई आफ्नै धाेती फुस्केकाे थाहा छैन।

लकडाउन भ्रष्ट नेताहरुको निम्ति कमाउने मेसाे बनेको छ। जनताहरु भोकले मरुन कि राेगले सत्तामा बस्नेहरुलाई के बाल?

हामीले पाएकाे शिक्षा-दिक्षाकै कारण मेरो सपनाले पनि काेल्टाे फेर्ने आशा बढेकाे थियाे। तर महामारीले सखाप पार्याे। जनताका हक हितका निम्ति कमरेडहरुकाे घैंटाेमा घाम लाग्ला कि भन्ने आशा हाे।

देशमा गुण्डा र गुण्डा नाइकेहरुकाे राज छ। समाचार सुन्दा लाग्छ, देशमा काेराेना छ। त्यसकाे डर पनि उत्तिकै छ। तर त्याेभन्दा कयाैं गुणा डरलाग्दो त राजनीतिक भाइरस छ।

राजनीतिक भाइरस फैलिएर देश संक्रमित हुँदा काेराेना भाइरस संक्रमणकाे दर झन् बढिरहेको छ। यसले हामीले पालेका महत्वाकांक्षी याेजनालाई कुठाराघात गरेकाे छ।

हामीले पाएकाे शिक्षा-दिक्षाकै कारण मेरो सपनाले पनि काेल्टाे फेर्ने आशा बढेकाे थियाे। तर महामारीले सखाप पार्याे। जनताका हक हितका निम्ति कमरेडहरुकाे घैंटाेमा घाम लाग्ला कि भन्ने आशा हाे। त्याे पनि विस्तारै छाेटाे बन्दै गइरहेको छ।

हामीले आशा गरेकाे महामारीको बेला दुखेकाे जनताकाे मन फराकिलाे बनाउने नेतृत्व हाेस भन्ने हाे। महामारीमा खाेसिएकाे गाँस मिलाेस भन्ने हाे। संवेदनशील नेता चाहिएकाे थियाे। तर भेटाउन सकेनौं। उल्टाे गन्हाइरहेकाे नेतृत्व फेला पार्‍याैं।

त्यसैले हाम्राे आशा निराशामा बदलिएकाे छ। र पनि हामी हार मान्नेवाला छैनाैं। मान्छे ध्वस्त हुन सक्छ तर परास्त हुँदैन।

प्रकाशित मिति: : 2021-06-05 19:52:00

प्रतिकृया दिनुहोस्