ललितपुर महानगरले उपचार गराइरहेका कोरोना बिरामीलाई ५० हजार दिने (भिडियाेसहित)

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले कोभिडका कारण ज्यान गुमाएका परिवार र कोभिड प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने भएको छ।

नगरप्रमुखको संयोजकत्वमा गठित महानरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाबाट निधन भएका व्यक्तिहरुको परिवारलाई एक लाख दिने निर्णय गरेको हो।

साथै बैठकले आइसियू तथा भेन्टिलेटरमा उपचार गराइरहेका विरामीहरुलाई जनही ५० हजार र कोरोना जितेर निको भएकाहरुलाई जनही २५ हजार दिने निर्णय गरेको छ।

नगलपालिकाले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो। महानगरले विभिन्न आइसोलेसन सेन्टरहरुमा मनोसामाजिक परामर्शको समेत व्यवस्था गर्नुको साथै पौष्टिक तथा सन्तुलित खाजा र खानाको पनि निशुल्क व्यवस्था गरेको छ।

महानगरका प्रत्येक वडामा पीसिआर र एन्टिजेन परीक्षणको समेत व्यवस्था गरिएको छ।


प्रकाशित मिति: : 2021-06-04 19:20:00

प्रतिकृया दिनुहोस्