बारीमै कुहियो ६० लाखको तरकारी, पीरमा परे किसान

थाहा खबर

सुर्खेत

दिनेश बुढा

केही समयअघि वीरेन्द्रनगर नगरपालिका–१३ का मणिराम लामिछानेसहित सात जनाको समूह मिलेर तरकारी गर्ने योजना बनाए। लामिछाने विगत केही वर्षयता कृषि पेसामै रामाएका थिए।

५५ वर्षीय मणिरामको सानैदेखि कृषि पेसामा लागेको हुँदा अन्य साथीहरूको पनि नेपालमै कृषि क्रान्ति गर्ने र तरकारी उत्पादनमा जोड् दिने निर्णय गरे। तर, सोचेजस्तो भएन। तरकारीको लागि सबै व्यावस्थापन मिलाइसकेपछि उत्पादन भएर बिक्री गर्ने समयमा बजार नपाउँदा करिब ६० लाखको तरकारी बारीमै कुहिएको छ।

कोरोना महामारी र सुर्खेतमा जारी निषेधाज्ञाले गर्दा उक्त तरकारी बजार तथा उपभोक्तासम्म पुग्न नसक्दा किसानको मिहिनेत चौपट भएको हो। कृषिकर्म गरेरै पाँच जनाको परिवार पाल्दै आएका मणिराम लामिछानेसहित उनका साथीहरूको सिजनभरको मिहिनेत खेर जाँदा भोक टार्ने र साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले आजभोलि किसानलाई भोक निद्रा लाग्नै छोडिसकेको छ।

आफूसहित सात जना किसान वीरेन्द्रनगर–१०, बुलबुलेको दक्षिणतिर चार बिघा जग्गा भाडामा लिई वीरेन्द्रनगरलाई तरकारीमा आत्मनिर्भर बनाउँछौँ भनेर कृषि कर्ममा लागेको मणिरामले बताए।

प्रकाशित मिति: : 2021-06-04 13:00:00

प्रतिकृया दिनुहोस्