पहिलोपोष्ट
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले नयाँ पार्टीको बारेमा छलफल गरेका छन्।
केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले नयाँ पार्टी बनाउने विषयमा छलफल भएको जानकारी दिए। उनले नयाँ पार्टी बनाउने विकल्पलाई पनि अघि बढाउनुपर्ने विषयमा नेताहरुले धारणा राखेको बताए। 'नयाँ पार्टी बनाउने विकल्पका रुपमा जानुपर्छ भन्ने कुरा आएको छ। हामीले उठाएका कुराको वास्ता गरिएन भने नयाँ पार्टी बनाएर अघि बढनुपर्छ भनेका छन् धेरैले,' उनले भने।
बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षसँग भएको अनौपचारिक छलफलका बारेमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ब्रिफिङ गरेका थिए। उनले ओली समूहले वार्ताका नामममा अलमल्याएको जानकारी गराए।
नयाँ पार्टी र वार्ताको विषय सँगसँगै अघि बढाउनुपर्ने पाण्डेले बताएका थिए। यस्तै झलनाथ खनालले नयाँ पार्टी बनाउन ढिलो गर्न नहुने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए। 'नयाँ पार्टी बनाउन अब कति पनि ढिला गर्न हुन्न भन्नेबारेमा उहाँले आफ्नो धारणा राख्नुभएको छ,' खनाललाई उदृत गर्दै ती केन्द्रीय कमिटी सदस्यले भने।
यस्तै नेपालले पनि बैठकलाई सम्बोधन गरेका छन्। उनले अनौपचारिक रुपमा वार्ता गर्नु सकारात्मक भए पनि ओलीले वार्ताका नाममा झुलाएकाले अगाडि बढ्नुको विकल्प नभएको धारणा राखेका छन्। 'अनौपचारिक छलफल गर्नु ठिकै हो। तर वार्ताका नामममा समय व्यतित गर्ने काम भयो। अब अगाडि बढ्नुको विकल्प छैन्,' नेपाललाई उदृत गर्दै एक नेताले भने।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया