जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ।
मंगलबार बसेकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको पार्टीका एक नेताले बताएका छन्।
उता, यादव पक्षले पनि आजै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ।