बिएल संवाददाता
अमेरिकी प्रसिद्ध गायक माइक पोस्नर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमामा पुगेका छन्।
पोस्नर आज (मंगलबार) बिहान ४:३५ बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पुगेको सेभेन समिट ट्रेक्सले जानकारी गराएकाे छ।
अमेरिकी प्रसिद्ध गायक पोस्नर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए।
सगरमाथा आरोहण अघि ३३ वर्षे संगीतकारले सगरमाथा आफ्नो जीवनको पुस्तकमा एक अध्याय थप्न र आपराधिक वकीलको रूपमा काम गरेका आफ्नो दिवंगत बुबा म्याक मिलरको सम्झना स्वरुप सम्मानका लागि चढ्न लागेकाे 'पिपल टिभी' कार्यक्रममा बताएका थिए।
सन २०१० को २२ वर्षको उमेरमा उनले ' ३१ मिनट्स टु टेकअफ' नामक एल्बम निकालेर पोस्रर चर्चित बनेका थिए। त्यही एल्बम भित्रको 'कुलर द्यान मी' गीत युएस बिलवोर्डको टप टेनभित्र परेका थियो।

सन् २०१५ मा रिलिज भएको 'आइ टुक अ पिल इन इविजा' शीर्षकको गितमा उनि २७ देशमा टप टेनभित्र पर्न सफल भएको थियो। यो गित अमेरिकाको ' विलवोर्ड हट १००' को उत्कृष्ट ५ भित्र परेको थियो।
माइकल रोबर्ट हेन्रियन पोस्नर प्रसिद्ध अमेरिकी गायक, गीतकार, कवि तथा रेकर्ड निर्माता हुन्।

फाेटाे : सेभेन समिट ट्रेक्स
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया