इजरायल-प्यालिस्टिन युद्धविरामपछिको भारत-अमेरिका सम्बन्ध

काठमाडौंप्रेस

चारु सुदन कस्तुरी

इजरायल र प्यालेस्टाइनबीचको गाजामा युद्धविराम गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई विश्व समूदायले आग्रह गरिएको हो। तर, त्यसको प्रतिध्वनी भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालयसम्म आइपुगेको छ।

केही दिनसम्म इजरायलले लगातार गरेको हवाई आक्रमणमा परी दुई सयभन्दा बढी प्यालेस्टाइनी नागरिकको मृत्यु भयो। अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वको एक मात्र यहुदी मुलुक इजरायलको आलोचना गर्न अस्वीकार गरेका थिए। बाइडेनले सार्वजनिक रूपमै इजरायलको आत्मरक्षाको अधिकारप्रति समर्थन जनाएका थिए।

गाजामा प्रशासन चलाउने विद्रोही समूह हमासले इजरायली नागरिक क्षेत्रमा अन्धाधुन्द रकेट प्रहार गरिरहेको थियो। त्यसमा परी कम्तिमा १२ इजरायली नागरिकको मृत्यु भयो। तर, अमेरिकी डेमोक्र्याटिक पार्टीको दबाब बढ्दै गएपछि बाइडेन जुर्मुराए।

अमेरिकी सदनमा रहेकी एक मात्र प्यालेस्टिनी–अमेरिकी रसिदा तलिबले डेट्रोइटस्थित विमानस्थलमा बाइडेनसँग भेट भयो। उनले बाइडेनलाई मध्यपूर्वको संकटको बारेमा राष्ट्रपति बाइडेन द्विविधामा रहेकामा गुनासो गरेकी थिइन्। रसिदासँग कुराकानी भएको केही घण्टामै बाइडेनले फोनमार्फत इजरायलका प्रधानमन्त्री नेतान्याहुलाई एक दिनभित्रमा युद्धविरामको मार्ग अपनाउन आग्रह गरे। त्यसको एक दिनपछि इजरायल र हमासबीचको घातक संघर्ष इजिप्टको मध्यस्थतामा अन्त्य गर्ने सहमति भयो।

अहिले इजरायल र हमास दुवै आफू विजय भएको दाबी गरिरहेका छन्। तर, गाजामा युद्धको धुँवा बन्द भएपछि एक मात्र विजयी भनेको अमेरिकी वामपन्थी पार्टी रह्यो, जसले बाइडेनलाई सत्तामा ल्याएको हो र पार्टीले बाइडेनलाई विदेश नीतिमा काम गर्न दबाब सिर्जना गर्न सक्छ भन्ने स्पष्ट पारेको छ।

प्रकाशित मिति: : 2021-06-01 06:33:00

प्रतिकृया दिनुहोस्