बाह्रखरी
पहुँचवाला र आसेपासेलाई ‘सुटुक्क’ कोरोनाविरुद्धको खोप लगाएपछि नागकिस्तरबाट प्रदेश १ सरकारको चर्को आलोचना भइरहेको छ ।
विवादकाबीच सरकारका गल्ती कमजोरी ढाकछोप गर्न मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीका निजी सचिवालयले आइतबार प्रष्टीकरण दिएका छन् । सचिवालयले जारी गरेको विज्ञप्तिमा पहुँचका आधारमा खोप नदिइएको बरु सञ्चारमाध्यममा आएका समाचाहरूलाई झुटो भनिएको छ ।
स्थानीय सिटी सिनेमा हलमा लगेर निकटवर्तीलाई कोरोनाविरुद्धको खोप लगाएपछि विवाद चर्किएको हो । सामाजिक सञ्जालमा शेरधन राई नेतृत्वको प्रदेश सरकार र सामाजिक विकास मन्त्रीविरुद्ध टिकाटिप्पणी भई रहेका छन् ।
खोपको अनुचित वितरणको सम्बन्धमा मुख्यमन्त्री राई र उनको कार्यालयको कुनै संलग्नता नभएको भन्दै राईका पे्रस सल्लाहकार ध्रुव सुवेदीले आइतबार विज्ञप्तिमार्फत प्रष्टीकरण दिएका छन् । यसैगरी सामाजिक विकासमन्त्री उषाकला राईका स्वकीय सचिव वीरेन्द्र मगरले अपरान्ह सञ्चार माध्यममा आएका समाचारको खण्डन गरेका छन । सचिवालयले आफ्ना मन्त्रीको बचाउ गरेपनि सामाजिक विकास मन्त्रालय र खोप लगाउने मुख्य जिम्मेवारी प्राप्त स्वास्थ्य कार्यालय मोरङको भनाइ भने बाझिएको छ ।
सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख स्वकीय सचिव वीरेन्द्र मगरले आइतबार प्रकाशित गरेको विज्ञप्तिमा जनाइएअनुसार खोप सम्बन्धी सबै जिम्मा केही समय अगाडि नै सबैको निवेदन र मागपत्रसहित भ्याक्सिन स्वास्थ्य कार्यालय मोरङलाई दिएको जनाएका छन् । जबकि खोप वितरणमा सामाजिक विकास मन्त्रीको एकल निर्णयकै आधारमा हुने गरेको स्वास्थ्य कार्यालयमा खोप प्रमुख रामानन्द यादवले बाह्रखरीलाई बताए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया