एकान्तकुनाको आकासेपुलमुनि भेटियो महिलाको शव (भिडियो)

ललितपुरको एकान्तकुनामा एक बेवारिसे महिलाको शव फेला परेको छ।

एकान्तकुना स्थित आकासेपुल मुनि एक महिलाको शव फेला परेको ललितपुर प्रहरीले जनाएको छ।

शवको पहिचान भने हुन सकेको छैन। आकासेपुलको फेदमा महिलाको शव फेला परेको र शवको सनाखत हुन नसकेको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन्।

महिलाको शव गन्हाएपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति: : 2021-05-30 19:40:00

प्रतिकृया दिनुहोस्