अनलाइनखबर
निर्भीकजंग रायमाझी
सरकारले जेठ १५ को बजेटमा भाषा परिवर्तनको सहायता लिँदै किरात संस्कृति जोडिएको ‘खुवालुङ ढुंगो’ फुटाउने घोषणा गरेको छ ।
‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित आर्थिक वर्ष २०७८/७९ को बजेटले खुवालुङ फुटाउने घोषणा गरेको हो ।
अभियन्ता तथा स्थानीयको चरणबद्ध आन्दोलनपछि गत चैत्रमा सरकार खुवालुङ फुटाउने निर्णयबाट पछि हटेको थियो । तर तीन महिना नबित्दै बजेट भाषणलाई खुवालुङ फुटाउने तीर बनाएको अभियन्ताहरूले बताए ।
‘सप्तकोशीका अवरोध हटाउने भनेको खुवालुङ फुटाउने नै हो’, अभियन्ता राजन मुकारुङले बजेटलाई खुवालुङ अतिक्रमण गर्ने अस्त्रको संज्ञा दिँदै भने । मुकारुङ खुवालुङ फुटाउने जेठ १५ को घोषणालाई सांस्कृतिक पहिचानमाथिकै प्रहार मान्छन् ।
‘हिजो भाषणमा खुवालुङ फुटाउने बताएका प्रधानमन्त्रीले आज नीतिगत रुपमै यो लागू गर्न खोजेका छन् । जुन नीतिको हामी कडा प्रतिवाद गर्छौं’, अनलाइनखबरसँग कुरा गर्दै मुकारुङले भने ।
‘खुवालुङ क्षेत्र संरक्षण समिति’का सदस्य रामचन्द्र राई पनि बजेटमा खुवालुङ फुटाउने घोषणालाई सांस्कृतिक दमनको उत्कर्ष मान्छन् । ‘कहिले खुवालुङ संरक्षण गर्ने त कहिले फुटाउने भन्दै सरकारले आदिवासी संस्कृतिको उपहास गरेको’ राई बताउँछन् ।
उनी भन्छन्, ‘खुवालुङ तथा अन्य सांस्कृतिक अतिक्रमण गर्ने सम्पूर्ण कदमको हामी विरोध गर्छौं ।’
यसैबीच जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आइतबार एक वक्तव्य जारी गर्दै खुवालुङ फुटाउने तथा सुकेटार विमानस्थलको नाम परिवर्तनजस्ता बजेटको घोषणालाई साँस्कृतिक दमन मान्दै भर्त्सना गरेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया