ती बहुगुणाको नेपाल यात्रा : जसको मुखबाट पहाड बोल्थ्यो, हिमाल सुसाउँथ्यो

नेपाल खबर

काठमाडौँ

सीताराम बराल

नेपाल–भारतमा कोभिड–१९ को दोस्रो भेरियन्टबाट लाखौँ मानिसहरु संक्रमित–आक्रान्त छन्। अक्सिजनको अभावमा हजारौँ नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ। सर्वत्र विस्तारित यो शोक र विपत्तीको घडीमा गत हप्ता दक्षिण एसियाली उपमहाद्वीपले यस्तो एक योद्धा गुमायो, जसले विश्वका अर्बौं मानिसलाई प्राकृतिक अक्सिजनका लागि वनजंगल–पर्यावरणको महत्व कति छ भन्ने ज्ञान बाँडेका थिए, यस क्षेत्रमा बसोबास गर्ने करोडौँ मानिसका लागि हिमाल र नदीको महत्व बुझाउन आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका थिए। ती गान्धीवादी योद्धाको नाम सुन्दरलाल बहुगुणा हो।

कोरोना संक्रमण भएपछि बहुगुणालाई २५ वैशाख (२०७८) मा उत्तराखण्डको ऋषिकेशस्थित अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एआइआइएमए) अस्पतालमा भर्ना गरिएको थियो। किशोर उमेरदेखि नै अंग्रेजविरोधी आन्दोलनमा सरिक भएका बहुगुणाले दुई हप्ता कोभिड–१९ सँग संघर्ष गरे। गान्धीवादी जीवनशैली र आदर्शका बाहक बहुगुणनाले सर्वाेत्कृष्ठ मानव जीवनका लागि गरेका कैयौँ संघर्षमा सफलता प्राप्त गरेका थिए। तर, कोभिड–१९ विरुद्धको संघर्षमा उनलाई सफलता मिलेन, ९४ वर्षको उमेरमा ७ जेठमा उनको निधन भयो।

प्रकाशित मिति: : 2021-05-29 15:21:00

प्रतिकृया दिनुहोस्