सिद्धार्थ: आरोह र अवरोह

सेतोपाटी

संजय मानन्धर

‘म सोच्न सक्छु, प्रतिक्षा गर्न सक्छु, र लामो समय उपवास वस्न सक्छु,’ यीनै हुन मेरा योग्यताहरू, सिद्धार्थ सदैव यहि दोहोर्‍याउने गर्दछन्।

प्रतिष्ठित व्राम्हण परिवारका सिद्धार्थप्रति सम्पूर्ण गाँउभरि नै एउटा भिन्नै आशा रहेको हुन्छ। उनका घनिष्ठ मित्र गोविन्द सिद्धार्थको वोल्ने शैली, हिँड्ने गति, उठ्ने वस्ने तौर-तरिका आदिमा नतमस्तक हुन्छन्। यसैकारण पनि गोविन्द सिद्धार्थबाट एकदिनै पनि टाढा रहन चाँहदैन र उनका प्रत्येक कदम पछ्याउन चाहन्छ।

सँधै उत्सुक रहने सिद्धार्थको मनमा ‘व्यक्ति भनेको के हो? अस्तित्वमा यसको प्रारम्भिक उपस्थिति कहाँ, कहिले र किन भयो? स्वयम् आफ्नो र आत्माको अस्तित्वको सारतत्व के हो?’ जस्ता जिज्ञासाहरु निरन्तर वगिरहन्छ। त्यसैक्रममा एक पटक गोविन्दलाई वोलाई भन्छन्, ‘जाऊँ, पल्लो वरको रूखमुनि वसेर ध्यानको अभ्यास गरौं।’ र सहजरुपमा मधुरो मन्त्रध्वनि उच्चारण हुन थाल्छ।

‘प्रणवो धनु:शरोह्यात्मा ब्रह्मतल्लक्ष्यमुच्यते।
अप्रमत्तेन वेद्धव्यं शरवत्तन्मयो भवेत् ॥’
गृहस्थ त्याग र श्रवण शिक्षा

शिक्षित अनि ज्ञानी वुवा, अन्य गुरूहरूबाट पनि वास्तविक आफ्नो उत्सुकता नमेटिने महसुस भए पछि एकदिन आफ्ना वुवालाई अनुरोध गर्छन्, ‘वुवा, हजुरको यो महल लगायत सम्पूर्ण सुख-सुविधा, सामाजिक वन्धन त्यागेर भोलिको सूर्योदयसँगै म श्रवण जीवन प्रारम्भ गर्न चाहन्छु। मलाई हजुरको आज्ञा चाहिएको छ। यसमा कुनै आपत्ती महसुस गर्नुहुनेछैन।’ सिद्धार्थको मन, मस्तिष्क र भावनाले संसारका सम्पूर्ण भौतिक मोह त्यागिसकेको भान भईसकेपछि उसलाई रोकिराख्नुको सार्थक औचित्य देख्दैनन् एक मजवुर वुवा। सो कदमको गोविन्दले पनि साथ दिँदै अर्को दिन साँझ दुवैजना पुग्छन्, श्रवण समूदायको आश्रमस्थल।

 

प्रकाशित मिति: : 2021-05-29 09:37:00

प्रतिकृया दिनुहोस्