फेरि नियुक्ती पाउने आशामा मन्त्री ‘क्वाटर’ छाडेनन् ७ पूर्वमाओवादी नेताले

बाह्रखरी

काठमाडौं

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मन्त्री पद गुमाएका सातजना पूर्वमाओवादी नेताहरुले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छैनन् । आफूहरु फेरि मन्त्री बन्ने आशामा उनीहरुले मन्त्री क्वाटर नछाडेका हुन ।

सर्वोच्च अदालतको आदेशपछि पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा, प्रभु साह, दावा लामाको मन्त्री पद गुमेको थियो ।

मन्त्री पद गुमे पनि उनीहरुले सरकारी निवास र सवारी साधन छाडेका छैनन् । प्रधानमन्त्रीकै निर्देशनमा उनीहरुले सरकारी निवास नछाडेका हुन् । उनीहरुका स्वकीय सचिवहरु भन्छन्, “संसद विघटन भइसकेको छ ।

यस्तोमा उहाँहरुलाई फेरि मन्त्री नियुक्त गर्ने सम्भावना छ । संसद विघटनको विषय सर्वोच्चमा गएकाले छिनोफानो नभएसम्म सरकारी निवास नछाड्ने भन्ने छ ।

प्रकाशित मिति: : 2021-05-27 11:55:00

प्रतिकृया दिनुहोस्