१३ वर्षअघि मिर्गौला प्रत्यारोपण सुरु गरेको वीरमा डेढ वर्षदेखि सेवा अवरुद्ध, हाजिर गरेर फर्कन बाध्य चिकित्सक

डायलाइसिसको उचित प्रबन्ध नहुँदा कलाकार आदर्श मिश्राका बाबुको निधन भएको समाचारले देशकै ध्यान तानिएको छ।

विनोदलाई बचाउन आदर्शको परिवारले गरेको अथक संघर्ष वियोगमा सकिएको छ। तर, देशको दुःखान्त अझै जारी छ। किनकि देशको स्वास्थ्य प्रणाली असंवेदनशील हुँदा १५ हजार परिवार मिर्गाैला प्रत्यारोपण र डायलाइसिसको पर्खाइमा पिल्सिएका छन्।

देशमा मिर्गाैलाका करिब ८५ हजार बिरामी भएको सरकारी तथ्यांक छ। त्यसमध्ये १५ हजार नियमित डायलाइसिसमा छन्। त्यसमध्ये पनि पाँच हजार आठ सय ९६ जनालाई विपन्न भएको भनेर सरकारले नै सूचीकृत गरेको छ। तर, डायलाइसिसलाई व्यवस्थित गर्न र प्रत्यारोपणको गति बढाउन सरकारले पहल गरेको छैन। विपन्न बिरामीले उपचार पाउन सक्ने वीरमा त प्रत्यारोपण नै अवरुद्ध छ।

बिरामीका लागि यो जीवन–मरणको विषय हो, तर सरकारका लागि खेलबाड। सरकार यो विषयमा संवेदनशील हुन्थ्यो भने वीरजस्तो विपन्नको सहारा अस्पतालमा मिर्गौला प्रत्यारोपण बन्द हुने थिएन। हो, अहिलेसम्म डेढ सय मिर्गौला प्रत्यारोपण गरेको वीरमा डेढ वर्षदेखि प्रत्यारोपण बन्द छ। 

प्रकाशित मिति: : 2021-05-27 06:24:00

प्रतिकृया दिनुहोस्