संक्रमितलाई सेवा दिन खटिएका अटो-एम्बुलेन्स चालक नै तिरस्कारको सिकार !

थाहा खबर

मकवानपुर

  श्रीजना नेपाल

कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्ने वातावरण सहज बनाउन सञ्चालन गरिएको अटो-एम्बुलेन्सका चालक यतिबेला सामाजिक तिरस्कारको सिकार बनिरहेका छन्।

कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल ओहोरदोहोर गर्न सञ्चालन भएको अटो-एम्बुलेन्स चालकहरू समाजबाट अपहेलित बन्नुपरेको हो।

कोरोना संक्रमित अस्पतालसम्म पुग्न एम्बुलेन्स अभाव हुन थालेपछि मकवानपुरको प्रशासनले हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामा अटो-एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिरामी बोक्न आफ्नो ज्यान जोखिममा राखेर अटो चलाएका चालकहरूमाथि समाजबाट अमानवीय व्यवहार हुने गरेको उनीहरू बताउँछन्।

हेटौंडा उपमहानगरपालिका–१२ का अटो-एम्बुलेन्स चालक प्रकाश अछामीले कोरोनासँग जुधिरहेका संक्रमितलाई अस्पतालसम्म साहारा दिन यो महामारीमा पनि अटो चलाउन शुरू गरेका थिए। कोरोनालाई पराजय गर्न लागिपरेका अरू हातलाई साथ दिन अटोलाई एम्बुलेन्स बनाएर सञ्चालन गरिरहेका अछामी अहिले आफैँ सहाराविहीन भएका छन्।

प्रकाशित मिति: : 2021-05-25 14:18:00

प्रतिकृया दिनुहोस्