गर्मी मौसम शुरु भएसंगै मानिस सफ्ट ड्रिंकको माग पनि बढ्दै जान्छ। सफ्ट ड्रिंक भन्नाले साधारणतया गर्मी मौसममा प्यास मेटाउनका लागी पिउने झोल पदार्थ बुझिन्छ। यसलाई पिएर शरीरलाई शितलतासंगै प्यास मेटिए पनि स्वास्थ्लाई नकरात्मक असर पुर्याइरहेको हुन्छ।
किनकी सफ्ट ड्रिंक विभिन्न केमिकलबाट कलरको मिश्रण गरी बनाइएको हुन्छ। तर त्यसको बाबजुद पनि मानिसले यसलाई दिनहुँ जसो नै सेवन गरेको इन्छ। सफ्ट ड्रिंक सेवन गर्दा स्वास्थ्यलाई यस्ता असर गर्दछ। जुन असरबारे तल लेखिएको छ।
मधुमेह
सफ्ट ड्रिंकमा हुने चिनीको मात्राबाट मधुमेह आउने सम्भावना बढेर जान्छ, त्यसैले यसबाट टाढा रहनु नै उचित रहन्छ।
किडनी बिगार्छ
सफ्ट ड्रिंक सेवन गर्नका कारण सिधा असर मानिसको किड्नीमा पर्छ। जसले गर्दा पथ्थर र किड्नी फेल हुने सम्भावना अधिक हुने गर्दछ।
हाडमा समस्या
यसमा भएको क्याफीन तत्वले शरिरको क्याल्सीयम पनि बाहिर निकाली सिधा असर शरिरको हाडहरुमा पर्दछ। जसले गर्दा हाड कमजोर भई टुक्रिन थाल्छ।
दाँतमा समस्या
सफ्ट ड्रिंक सेवन गर्ने हुदा यसले शरिरमा एसिडको मात्रा बढाएर हुलुक्क पानी आउँदा पेटको एसिड सबै मुखमा आउने र यसले दाँतलाई क्षय गर्ने गर्दछ।
मोटोपन
यदी कोहि मानिस दुब्लो छ र मोटाउन चाहन्छन भने सफ्ट ड्रिंकको प्रयोग गर्न जरूरी छ I तर यसले कुनै प्रकारको तागत भने दिदैन I दैनिक १ कपमात्र सफ्ट ड्रिंक खाने व्यक्तिको वजन एक बर्षमा ६ केजी बढ्दछ।
लिभरमा बोसो जम्छ
चिसोजन्य सफ्ट ड्रिंकमा अधिक मात्रा चिनी भएका कारण सो चिनी लिभरमा गई जम्मा हुन्छ र बोसोको रुपमा बस्दै अनेक रोगको कारण बन्दछ।
क्यान्सर हुने खतरा बढ्छ
सफ्ट ड्रिंकलाई रंगिन बनाउनको लागि विभिन् किसिमको रङ्ग तथा अमोनियम तत्वको प्रयोग गरिन्छ। केमिकल्स, सल्फाइट्स र चिनीको मिश्रणबाट सफ्ट ड्रिंक बनाउने भएकोले रियाक्सन गरि क्यान्सर हुने सम्भावना ४० प्रतिशत बढेर जान्छ I