नयाँ पत्रिका दैनिक
माधव नेपाल
पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठकबाट तपाईं र झलनाथ खनाललगायत ११ जनालाई पार्टीबाट निष्कासन गर्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ?
केपी ओलीको यो निर्णय हास्यास्पद हो । उहाँले हामीजस्तो व्यक्तिलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नुभयो भन्नेभन्दा हास्यास्पद अरू के होला ? जसले राष्ट्रघाती काम गरिरहेको छ, कम्युनिस्टविरोधी काम गरेर आन्दोलनलाई टुक्राटुक्रा पार्न खोजिरहेको छ, क्षतविक्षत् बनाउन खोजेको छ, कम्युनिस्ट आन्दोलनलाई पूरै दक्षिणपन्थी भासमा फसाउन खोजेको छ, विकृति र विसंगतिको थुप्रो लगाएको छ, सरकार चलाउँदा पनि जनताबीच बदनाम भएको छ, जनताको समस्यामा असंवेदनशीलता देखाइरहेको छ, मुलुकमा महामारी चलिरहेका वेला भ्रष्टाचार व्याप्त बनाएको छ त्यस्तो मान्छेले पार्टी, मुलुक र आन्दोलनका लागि काम गर्ने इमानदार नेता–कार्यकर्तालाई कारबाही गर्ने हास्यास्पद मात्रै हो । त्यसको कुनै अर्थ छैन । जसले देशको संविधान र पार्टीको विधानविपरीत केन्द्रीय कमिटीलाई यत्तिकै विघटन गर्न सक्छ त्यस्तो व्यक्तिको कुनै हैसियत छैन र कारबाही गर्नुको कुनै तुक छैन ।
तर तपाईंहरूले निरन्तर पार्टी अनुशासन अवज्ञा गर्नुभयो, पार्टीले एकातिर निर्णय गर्ने, तपाईंहरू अर्कोतिर लाग्ने ? यो हिसाबले तपाईंहरू कारबाहीको भागीदार होइन र ?
उहाँले चाहिँ के अनुशासन पालना गर्नुभयो त ? उहाँले एकता कायम राख्नका लागि के काम गर्नुभयो ? एकता कायम राख्नका लागि वार्ता कमिटी बनाइएको छ, तर निर्णय भने एकलौटी ढंगले जथाभावी गर्नुभएको छ । संसद् भंग गर्नुभएको छ । प्रतिगमनकारी कदम चाल्नुभएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया