महामारीमा खोजाइ र भोगाइबीच जीवन

थाहा खबर

काठमाडौँ

डा. नम्रता पाण्डे 

जीवन उसले चाहे अनुसारको नै होस्, कुनै प्रतिकूलता नआओस् भन्ने मानिसको स्वभाव नै हो। सरसर्ती हेर्दा त यो स्वाभाविक नै लाग्छ। 

आफूले मिहिनेत गरेर आफूखुसी सुखको जीवन बाचौँ। जीवन छ र नै जीवनमा प्रतिकूलता र अनुकूलन आइरहन्छन्। अनुकूलन र प्रतिकूलताको सङ्‌गम नै जीवन हो। 

सन् २०१९ डिसेम्बरदेखि कोरोना महामारीले विश्वभरका मानिसलाई आतङ्‌कित बनाएको छ। आतङ्‌कित हुनुभन्दा पनि सचेत र संयम हुने पाठ सिक्न सक्ने हो भने यो सहज लाग्नेछ र सचेत बन्न प्रेरित गर्दछ। अन्यथा, जीवनप्रति गुनासो मात्रै बाँकी रहन्छ।

आत्मज्ञान पाइसकेका सन्तहरू आफ्नो अनुभूतिको आधारमा भन्ने गर्दछन्-तिमीहरूले जीवनमा पाएको उपहारको गणना गर, नपाएको चिज र समस्याको मात्र होइन। तर, मानिसको स्वभाव-पाएको चिज भुल्छ, जे छैन-त्यसप्रति गुनासो मात्र व्यक्त गर्दछ। पाएको चिजप्रति धन्यवादसम्म व्यक्त हुँदैन। 

आफ्नो जीवनलाई एकपटक पछि फर्केर हेरौं-ती चिज छुटेको, नपाएको, बिग्रेको, असफल भएको कारण आजको वर्तमान जीवन छ। जीवनको सानो घटनाले कालान्तरमा ठूलो परिवर्तन ल्याउँछ, यसलाई बटरफ्लाई इफेक्ट पनि भनिन्छ। 

जीवनको रोजाइ 

मानिस आफ्नो जीवनलाई अरूको जीवनसँग तुलना गर्छ। कसैको जीवनमा सुख, सम्पन्नता देख्दा लाग्छ म त्यो परिवारमा अर्थात् त्यो देशमा किन जन्म लिइन होला? किनकी, यो नै जीवनको रहस्य हो। 

कुन परिवारमा, कुन कोखमा, कुन देशमा जन्म लिने त्यो तिम्रो रोजाइमा छैन। यो रोजाइ अस्तित्वको हो। जब अस्तित्वको रोजाइबाट जीवन मिलेको छ, जीवन आफूले चाहेर पाइन्न भन्ने थाहा छ भने-जीवनमा आउने परिवर्तन, परिस्थितिमा आउने परिवर्तन र समय कालचक्रमा आउने परिवर्तनलाई स्वीकार्न मानिसलाई किन गाह्रो?

प्रकाशित मिति: : 2021-05-23 10:28:00

प्रतिकृया दिनुहोस्