सुकीको पार्टी खारेज गर्ने म्यान्मारको निर्वाचन आयोगको तयारी

Photo : aa.com.tr
Photo : aa.com.tr

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने संभावना देखिएको छ।

सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी)लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो।

गत बर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ।

सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरुले विचार गरिरहेको जानकारी दिएका छन्।

“सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उनले बैठकमा भने।

गत बर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो। त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो। 

त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ। म्यानमारमा सेनाले शिर्ष नेताहरुलाई बन्दक बनाउदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ।

गत फेब्रअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा दैनिक नागरिक आन्दोलन भइरहेको छ।



म्यान्मार 'जुन्ता' समर्थकलाई युगानुकूल सामाजिक दण्ड– 'पानी बन्द'  

म्यान्मारः युद्ध मैदानमा युवा पुस्ता

प्रकाशित मिति: : 2021-05-23 07:00:00

प्रतिकृया दिनुहोस्