मध्यावधि चुनावमा ९ अर्ब बढी खर्च हुने, बजेट दिन सरकार तयार

लोकान्तर

काठमाडाैं

तोकिएको मितिमा प्रतिनिधिसभा मध्यावधि निर्वाचन गराउन निर्वाचन आयोगले काम शुरू गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको जानकारी राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

विज्ञप्ति अनुसार पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते तोकिएको छ।

निर्वाचनको तयारीका सिलसिलामा प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित अन्य आयुक्तसँग शनिवार भेटघाट गरेका छन्। तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त थपलियालाई निर्देशन दिएका छन्। 

निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएर निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्रीले छलफल तथा परामर्श गर्ने प्रचलन अनुसार नै भेटघाट भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले निर्वाचन घोषणा भयो, तपाईंलाई के–के आवश्यक पर्छ, भोलिदेखि नै काम थाल्नुस् भनेर हामीलाई भन्नुभयो,’ थपलियाले लोकान्तरसँग भने, ‘भेटघाटमा हामीले नीतिगत कुरा, कानूनी कुरा, अहिले कोभिड महामारी जस्तो अप्ठ्यारोको अवस्थामा निर्वाचन सम्पन्न गर्न सक्नुपर्ने अवस्थाको विषयमा जानकारी गरायौं।’

प्रकाशित मिति: : 2021-05-22 19:22:00

प्रतिकृया दिनुहोस्