चार्टर्ड उडानका नाममा तीन गुणा बढी भाडा असुल्दै एयरलाइन्स, पर्यटन मन्त्रालय भन्छ– थाहा छैन

शिलापत्र

काठमाडौँ

रमेश भारती

कोभिड महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २३ वैशाखदेखि अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पनि हाल सरकारले भारत, साउदी, कतार र चीनसँग भने चार्टर्ड उडान गरिरहेको छ । 

सोमबारयता विभिन्न देशमा करिब ६० वटा चार्टर उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय (टीआईए)ले जनाएको छ । 

सरकारले पछिल्लो समय नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै भारतीय कामदारलाई साउदीका लागि चार्टर्ड उडानको अनुमति दिएको छ । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडान नियमित र सातामा १० वटा चार्टर्ड उडान साउदीका लागि गर्न अनुमति दिएको छ । 

सरकारले साउदीका लागि दिएको चार्टर्ड उडानका नाममा एयरलाइन्स कम्पनी र ट्राभल एजेन्सीहरूले यात्रुसित सामान्य समयभन्दा चार गुणा बढी भाडा असुल्ने गरेको खुलासा भएको छ । 

यात्रुसँग तीन गुणा भाडा असुली

भारत दिल्लीका सुमन रोविया एक सातादेखि नेपालमा बसेका छन् । नेपालहुँदै शनिवार साँझ उनी साउदीको रियाद जाँदै छन् । रोवियाले साउदी जानका लागि हिमालय एयरलाइन्समा ८५ हजार रुपँयाँ तिरेर टिकट काटेको बताएका छन् । 

नेपालबाट उडानमा साउदी जान सामान्य बेला ३०–३५ हजार भाडा लाग्ने रहेछ । तर, आफूले दोब्बर तिरेर हिमालय एयरलाइन्समा टिकट लिएको रोवियाले बताए । ‘एक साताभित्र साउदी पुग्नुपर्ने भएकाले महँगो टिकटमा काटन बाध्य भएको हुँ । मभन्दा अघि जाने साथीले १ लाख २० हजारसम्म तिरेको भन्थे,’ उनले भने, ‘महामारीको फाइदा एयरलाइन्सले उठाए । एक महिनाको कमाइ नेपालहुँदै जाँदा खर्च भयो । भारतबाट साउदी जान २३ हजार नेपाली खर्च लाग्छ ।’

प्रकाशित मिति: : 2021-05-21 21:41:00

प्रतिकृया दिनुहोस्