वाह! सलाम छ यी युवालाई, जसले जुटाइदिए ५५० थान अक्सिजन सिलिन्डर

रूबी रौनियार

कोरोना महामारीको दोस्रो लहरले देशमा उच्च जोखिम बढाएसँगै अक्सिजन ग्याँस सिलिन्डरको हाहाकार चौतर्फी भइरहेको छ। अक्सिजन ग्याँस सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यान समेत गुमाउनुपरेको अवस्थामा देशकै युवाहरूहरूले निःशुल्क अक्सिजन ग्याँस सिलिन्डर जुटाउन र वितरण गर्न  सफल भएका छन्।

यी युवाहरूको समूहले ग्याँस जुटाएका मात्र छैनन्। यिनीहरूले चीनबाट ग्याँस आयात गराएर आवश्यक परेको स्थानमा सिलिन्डर आफ्नै पहलमा ठाउँठाउँमा पुरयाएर राज्यप्रतिको दायित्व समेत पूरा गरेका छन्।

काठमाडौंका सुजन गुरुङ र रिजेसराज कर्निकारले केही दिनअघि मात्र समाजिक सञ्जाल प्रयोग गरी केही साथीहरूको स्वयं सेवक समूह बनाएर वीर अस्पतालको नयाँ भवनलाई कोरोना अवार्ड बनाउन बेड मिलाउने, स्लाइनपानीको स्ट्यान्ट व्यवस्थान, सरसफाइ लगायतका काममा सघाएर कोरोना महामारी नियन्त्रमा सहयोगी हात बनेका थिए। सोही हातले बुधबार चीनबाट ५ सय ५० थान अक्सिजन सिलिन्डर मगाउन सफल भएका छन् ।  

बुधबार ग्याँस सिलिन्डर काठमाडौं पुग्नसाथ सुजन, सिजेस र विधानलाई खुशीको सीमा नै थिएन । आफू नेपाली नागरिक भएको र राज्यलाई आवश्यक परेको समयमा आफूले केही सहयोग गर्न पाएकोमा गर्व महसुस भएको सुदन गुरुङले सुनाए । निःस्वार्थ भावनाले रातदिन कोरोना नियन्त्रणमा खटिरहेका यी युवाहरू बुधबार ग्याँस काठमाडौं आउनसाथ सोही दिन सुदूर पश्चिममा २ सय ७० थान, कर्णालीमा सय थान र एपिएफलाई (सशस्त्र प्रहरी) सय थान वितरण समेत गरिसकेका छन् । बाँकी रहेको सिलिन्डर आवश्यक पर्ने स्थानमा वितरण गरिने तयारीमा रहेको स्वयंसेवक विधान श्रेष्ठले बताए। गर्न चाहना भए कुनै पनि काम असम्भव नभएको उनले गर्वसाथ सुनाए । यी युवाहरुले राज्यलाई आवश्यक पर्दा निस्वार्थ भावनाले सेवा गर्ने लक्ष्यसहित हामी नेपाल भन्ने संस्थाको नामकरण गरी संस्थागत भएका छन् ।

प्रकाशित मिति: : 2021-05-21 17:55:00

प्रतिकृया दिनुहोस्